मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी
मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् । उनले तीन हजार नौ सय ९४ मत अन्तरले एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन् ।
शाहीले १४ हजार सात सय दुई मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कार्कीले १० हजार सात सय ८ मत प्राप्त गरेका छन् ।
मुगुमा मतदाता संख्या ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको थियो । निर्वाचित शाही नेपाली कांग्रेस मुगुका सभापति हुन् ।
प्रकाशित मितिः १० मंसिर २०७९, शनिबार १८:०२
साझा बिसौनी ।