वीरेन्द्रनगरमा टोइटाको सोरुम सञ्चालन

सुर्खेत: वीरेन्द्रनगरमा टोइटा कम्पनीका गाडिहरूको सोरुम सञ्चालनमा ल्याइएको छ । ओम श्री अर्चना बाबा मोट प्रालिले शुक्रवारदेखि सोरुम सञ्चालनमा ल्याएको हो । विगत ५४ वर्षदेखि नेपालका विभिन्न सहरमा सेवा दिँदै आइरहेको उक्त कम्पनीले कर्णाली प्रदेश राजधानीमा पनि सेवा विस्तार गरिएको जनाएको छ । केही महिनाभित्रै यहाँ सर्भिस सेन्टरसमेत सञ्चालन गरिनेछ । ग्राहकको मागलाई मध्यजनर गरेर सेवा सुरु गरिएको सोरुमका सञ्चालक किशोर रेग्मीले बताए ।

सोरुममा हाल टोइटा ब्राण्डका विभिन्न मोडलका गाडीहरू बिक्रीका लागि राखिएका छन् । यस क्षेत्रका ग्राहकले आफूले चाहेको गाडी वीरेन्द्रनगरबाटै खरिद गर्न सक्ने सोरुम सञ्चालक रेग्मीले जानकारी दिए । उनका अनुसार व्यापारिक प्रयोजनतर्फ सानो गाडीदेखि पिकअफ बससमेत बिक्रीका लागि उपलब्ध छन् । टोइटा कारको मूल्य न्यूनतम् ६६ लाखदेखि अधिकतम् चार करोड ९५ लाखसम्म रहेको बताइएको छ ।

प्रकाशित मितिः   १० मंसिर २०७९, शनिबार ०५:०२