कानुनी ज्ञानको अभाव

सुर्खेत: बराहताल–५ की ३७ वर्षीय तारा पुुन मगरलाई कानुुन विषयमा जानकारी कम हुँदा समस्या हुने गरेको छ । कानुनी प्रक्रिया र न्यायिक निकायको पहुँचसमेत सहज नभएको उनी बताउँछिन् । उनको गाउँमा हुने अधिकांश महिला हिंसा, बालविवाह र बहुविवाहजस्ता घटना गाउँमै मिलाइन्छ । कानुनी प्रक्रियामा नगइ केही मानिसहरू बसेर यस्ता घटनाहरू मिलाउने गरेको उनले बताइन् । ‘हिंसा भएको थाहा हुँदाहुँदै समाजको दबाब र प्रभावमा उजुरी नगर्ने परिपाटी छ,’ उनले भनिन्, ‘पीडित पक्षलाई कानुनी प्रक्रियाबारे जानकारी नहुँदा न्याय पाउनबाट वञ्चित हुने अवस्था छ ।’ तारा आफ्नो गाउँमा अहिले पनि धेरै महिलाहरू लैङ्गिक विभेदको सिकार भइरहेको बताउँछिन् । उनका अनुसार समाजका अगुवाहरूले नै कानुनी बाटो सिकाउनुको साटो यस्ता हिंसाका घटना मिलापत्र गराउने गरेका छन् ।

बराहताल– ५ कै बिस्ना मर्साङ्गी मगरले महिलाहरू हिंसाका घटना लुकाएर बस्न बाध्य भएको बताइन् । कानुनी साक्षरता नहुँदा कहाँ जाने र के गर्ने भन्ने समस्या महिलाहरूलाई रहेको उनले जनाइन् । उनी भन्छिन्, ‘यस्ता घटना दैनिकजसो घर–घरमा छन् । बाहिर ल्याउँदा पछि कसरी पुनस्र्थापित हुने भन्ने जोखिमले महिलाहरू सहन बाध्य छन् ।’ गाउँघरमै दबाब दिएर जस्तोसुकै मुुद्दा मिलाउने गरिएकाले धेरै महिलाहरूले न्याय पाउन नसकेको उनले बताइन् । ‘गाउँका अगुवा र शिक्षितहरू नै हिंसाका घटना मिलापत्र गर्न खोज्छन्,’ उनले भनिन्, ‘महिलाहरूमा पनि कानुनी ज्ञानको निकै कमी छ । जसले गर्दा हिंसाका धेरै घटना गाउँमै सामसुम पार्ने गरिएको छ ।’ उनले महिलाहरूले न्यायिक उपचारका लागि आँट नगर्दा पनि अन्याय सहेर बस्नुुपर्ने बाध्यता रहेको बताइन् । बराहताल गाउँपालिका–५ मा अहिले पनि बालविवाहको अवस्था विकराल छ । अभिभावकहरूमा समेत उमेर नपुगी विहे गराउनु हुन्न भन्ने चेतनाको अभाव रहेको स्थानीयहरू बताउँछन् । त्यहाँ १४–१५ वर्ष नपुग्दै विहे गर्नेको अहिले पनि धेरै छ । स्थानीय टिकाराम तारामीले बालखैमा विहे गर्नु कानुनी रूपमा बर्जित छ भन्नेबारे कतिपय अभिभावहरूलाई समेत थाहा नभएको बताए । उनका अनुसार गरिबी र सामाजिक परम्पराका कारण बालविवाह हुने क्रम रोकिएको छैन ।

शुुक्रवार उक्त वडामा मध्यपश्चिम विश्वविद्यालयको ‘स्कूल अफ ल’ले क्लिनिकल लिगल एजुकेशन कार्यक्रम अन्तर्गत कानुुनी सचेतना कार्यक्रम गरेको थियो । कानुन संकायका विद्यार्थीहरूले समुुदायस्तरमा कानुुनी परामर्श तथा छलफल चलाएका हुन् । स्थलगत कानुुनी सचेतनामा सहभागी प्रविण गिरीले समुुदायका नागरिकलाई बालविवाह, बहुविवाह र महिला हिंसा र दुव्र्यवहारहरू गर्दा कस्ता कानुुनी सजाय हुुन्छन् भन्ने विषयमा जानकारी गराएका थिए । गिरीले अझैँ पनि थुप्रै बस्तीहरूमा कानुनी साक्षरताको अभाव रहेको बताए । सरकारी सुविधा र सामाजिक अभियानहरू विपन्न समुदायमा प्रभावकारी रूपमा लिन नसक्दा चेतनास्तरमा अपेक्षित प्रगति नभएको उनको भनाइ छ । संस्थागत सुधारमार्फत न्यायमा पहँुच अभिवृद्धि परियोजनासँगको समन्वयमा विश्वविद्यालयले बराहतालमा समुुदायस्तरमा छलफल चलाएको थियो । त्यहाँ जातीय छुुवाछुुत, बालविवाह र महिलामाथि हुने हिंसाको अवस्थामा सुधार हुन नसकेको अध्ययन तथा छलफलबाट पाइएको जनाइएको छ । विद्यार्थीलाई समुुदायसँग जोडेर सरकारका कामलाई उत्तरदायी र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको ‘स्कूल अफ ल’ का निर्देशक उपेन्द्रबहादुर विकले बताए । उनका अनुसार विद्यार्थीहरूले यस कार्यक्रम अन्तर्गत अहिलेसम्म गरेका स्थलगत अध्ययनहरूले समुदायमा कानुनी ज्ञानको निकै अभाव रहेको पाइएको छ ।

प्रकाशित मितिः   १० मंसिर २०७९, शनिबार ०५:०१