मुख्यमन्त्रीका दावेदार शर्मा रुकुमबाट विजयी

नेकपा(माओवादी केन्द्र)बाट कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार मानिएका राजकुमार शर्मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट नेकपा एमालेका उम्मेदवार कर्णबहादुर घर्ती मगरलाई १२ हजार ८२ मतले पछि पार्दै शर्माले जित हात पारेका हुन् ।

शर्माले  २० हजार १ सय ६० मत पाउँदा  घर्तीको ८ हजार ७८ मत पाएका छन् ।

प्रकाशित मितिः   ९ मंसिर २०७९, शुक्रबार १८:५२