रुकुमबाट जनार्दनको लगातार चौथो जित

रुकुम पश्चिमबाट नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ३९ हजार ५ सय ४९ मत पाएर उनी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका छन् ।

योसँगै शर्माले लगातार चौथो पटक निर्वाचन जितेका छन् । २०६४ मा पहिलो पटक संविधानसभा सदस्य चुनिएका उनी त्यसयताका सबै निर्वाचन जित्दै आएका हुन् ।

 

प्रकाशित मितिः   ९ मंसिर २०७९, शुक्रबार १८:५६