रुकुम पश्चिमबाट महेन्द्र केसी निर्वाचित
रुकुम पश्चिमबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्र केसी कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार नौ सय ५२ मतान्तरले पराजित गरे ।
केसीले १९ हजार ३३ मत प्राप्त गर्दा एमालेका शाहले ८ हजार ८१ मत पाए । यो क्षेत्रमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका विनोदकुमार शाहले १ हजार ११ मत पाए ।
प्रकाशित मितिः ९ मंसिर २०७९, शुक्रबार १८:४६
साझा बिसौनी ।