डोल्पाबाट प्रतिनिधिसभामा धनबहादुर बुढा विजयी

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका बुढाले ११ हजार २ सय २५ भोट ल्याएर विजय भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४ सय ९८ भोट पाए । बुढा पूर्व पर्यटन राज्यमन्त्री समेत हुन् ।

२०७४ मा पनि उनी निर्वचित भएका थिए । त्यतिबेला उनी नेकपा(एमाले)का उम्मेदवार थिए । पार्टी विभाजन भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

प्रकाशित मितिः   ९ मंसिर २०७९, शुक्रबार १३:२०