पूर्णबहादुर खड्काको पाँचौँ जित
नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संदीय नर्वाचनमा पाँचौँ जित हात पारेका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनी पाँचौँ पटक चुनाव जितेर सांसद बनेका हुन् ।
खड्काले ४२ हजार ६ सय ७ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ध्रुवकुमार शाहीलाई ११ हजार ६ सय १९ मतान्तरले पराजित गरेका हुन् । पराजित शाहीले ३०९८८ मत ल्याएका छन् ।
२०४८ सालदेखि संघीय निर्वाचनमा लड्दै गएका खड्का २०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नबनेर समानुपातिक सभासद् बनेका थिए । त्यसपछि २०७४ मा भने प्रत्यक्षतर्फ पराजित भए । त्यसबाहेक २०४८, २०५१, २०५६ र २०७० मा विजयी भएका थिए । यसपटक पुन: निर्वाचित भएसँगै उनले पाँचौँ पटक विजय हाँसिल गरेका हुन् ।
प्रकाशित मितिः ९ मंसिर २०७९, शुक्रबार १३:१६
साझा बिसौनी ।