माओवादीका कृष्ण जिसी बने प्रदेशसभा सदस्य
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण जिसी विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १ सय ९६ मतान्तरले पराजित गरेका हुन् ।
जिसीले २० हजार चार सय ५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शर्माले १६ हजार तीन सय १६ मत प्राप्त गरे । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
प्रकाशित मितिः ९ मंसिर २०७९, शुक्रबार १३:०८
साझा बिसौनी ।