हुम्ला (क) मा माओवादीका रणसिंह परियार निर्वाचित

हुम्लाबाट नेकपा(माओवादी केन्द्र)का रणसिंह परियार कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र(क) बाट प्रतिस्पर्धीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

उनको प्रतिस्पर्धीको रुपमा उनकै विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए । परियार ६ हजार चार सय ८१ मतसहित विजयी हुँदा शाहीले चार हजार ६ सय ३० मत प्राप्त गरे ।

यस्तै नेकपा एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे ।

प्रकाशित मितिः   ९ मंसिर २०७९, शुक्रबार १३:०५