पर्यटनमन्त्री वीरबहादुर शाही पुन: निर्वाचित
कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । डोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट पाँच हजार दुई सय ९५ मतसहित उनी लगातार दोस्रो पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
शाहीले एमालेका धनचन्द्र बैजीलाई सात सय मतान्तरले पराजित गरे । एमाले नेता बैजीले चार हजार पाँच ९५ मत पाएका छन् ।
निर्वाचित माओवादी नेता शाही गठबन्धनका साझा उम्मेदवार हुन् । २०७४ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रकाशित मितिः ९ मंसिर २०७९, शुक्रबार १३:०१
साझा बिसौनी ।