प्रकाश ज्वाला प्रतिनिधिसभा सदस्यमा निर्वाचित

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला सल्यान–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७ सय मत पाएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत पाए ।

सल्यानमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राई १३ हजार २९ मतका साथ तेस्रो भएका छन् ।

ज्वाला अघिल्लो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । फ्लोर क्रस गरेपछि एमालेले उनलाई पदमुक्त गरेको थियो । एमाले विभाजित भएपछि उनी एकीकृत समाजवादीमा लागेका हुन् ।

ज्वाला कर्णाली प्रदेश सरकारको पहिलो आर्थिक मामिला तथा योजनामन्त्री समेत हुन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १२:४१