समानुपातिकमा सुरुदेखि नै एमालेको अग्रता

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा(एमाले)ले सुरुवातदेखि नै अग्रता लिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार एमालेले अहिलेसम्म चार लाख ६९ हजार दुई सय २५ मत प्राप्त गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले चार लाख ३२ हजार एक सय आठ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ४१ हजार ६ सय ८० मत प्राप्त गरेको छ।

नेकपा (माओवादी केन्द्र)ले पनि दुई लाख मत कटाएको छ। माओवादी चौथो स्थानमा छ ।

यसैगरी पाचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म एक लाख २६ हजार ७८२ मत प्राप्त गरेको छ ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार ११:११