डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा निर्वाचित
नेकपा(एमाले)का डोल्पा जिल्ला कमिटी अध्यक्ष शेरबहादुर बुढा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट नेपाली कांग्रेसका दिपेन्द्रबहादुर शाहीलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
एमालेका बुढाले चार हजार सात सय ४३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शाहीले दुई हजार चार सय ६५ मत पाए । यो क्षेत्रमा ७ हजार ५ सय १८ मत खसेको थियो ।
प्रकाशित मितिः ८ मंसिर २०७९, बिहीबार ११:०३
साझा बिसौनी ।