पूर्वमेयर अधिकारीको प्रदेशसभा प्रवेश

सल्यानको प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका सुरेश अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका गुलावजंग शाहलाई तीन हजार सात सय ८० मतान्तरले पराजित गर्दै अधिकारी प्रदेशसभा सदस्य चुनिएका हुन् ।

सत्ता गठबन्धनको साथ पाएका अधिकारको पक्षमा २० हजार चार सय आठ मत आउँदा पराजित एमाले नेता शाहले १६ हजार ६ सय २८ मत पाए ।

२०७४ मा सल्यान (क) बाट शाहले चुनाव जितेका थिए । यसपटक भने उनले सो क्षेत्रमा आफूलाई सुरक्षित नठानेर (ख) बाट चुनाव लडेका थिए ।

२०४८ सालदेखि राजनीतिमा सक्रिय अधिकारी २०७४ मा पहिलो पटक शारदा नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । निजामती कर्मचारीबाट उनी राजनीतिमा प्रवेश गरेका हुन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १०:५३