एमालेका यामलाल कँडेल पुन: प्रदेशसभा सदस्य निर्वाचित

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल दोस्रो पटक कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सुर्खेतको क्षेत्र नम्बर २ (क) बाट सत्तारुढ गठबन्धनका कालीप्रसाद शाक्यलाज्ञ पराजित गरेर उनी दोस्रो पटक प्रदेशसभा सदस्य चुनिएका हुन् ।

कँडेलले १८ हजार पाँच सय ६१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शाक्यले १८ हजार चार सय मत पाएका छन् ।

कँडेललाई एमालेबाट कर्णाली प्रदेशकाे मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएको छ ।

पूर्वमन्त्री रहीसकेका उनी यसअघि दुई पटक संघीय सांसद बनिसकेका छन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १०:४७