दैलेखमा कांग्रेसका दिक्पाल शाही विजयी

दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका दिक्पालकुमार शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शाहीले नेकपा(एमाले)का लक्ष्मीप्रसाद पोख्रेललाई एक सय ५३ मतअन्तरले पराजित गरेका हुन् ।

शाहीले २० हजार एक सय ५८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी पोख्रेलले २० हजार पाँच मत पाए । शाही पहिलो पटक संसदीय निर्वाचनमा विजयी भएका हुन् । उनी २०७४ मा प्रदेशसभा सदस्यमा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए ।

पोखरेल भने २०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १०:३९