जाजरकोटमा शक्ति बस्नेतको लगातार तेस्रो जित

जाजरकोटबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत पुन: प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । नेकपा (एमाले)का निरजप्रसाद आचार्यलाई पराजित गर्दै बस्नेत लगातार तेस्रो पटक निर्वाचित भएका हुन् ।

उनले ३४ हजार एक सय ५१ मत प्राप्त गरे । एमालेका आचार्यले २५ हजार एक सय २० मत पाए । बस्नेत यसअघि विसं २०७० र २०७४ मा पनि निर्वाचित भएका थिए ।

माओवादीभित्रका प्रभावशाली नेताहरुमध्ये मानिने बस्नेत पटकपटक नेपाल सरकारको मन्त्री भइसकेका छन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १०:३४