सुर्खेत १(क)मा कांग्रेसका पोखरेल निर्वाचित

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरले विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतान्तरले पराजित गरेका हुन् ।

पोखरेलले  १८ हजार दुई सय ६३ मत पाउँदा विष्टले १५ हजार एक सय ८८ मत प्राप्त गरे ।

२०७४ मा यो क्षेत्रबाट विष्ट विजयी भएका थिए । नेकपा(माओवादी)बाट निर्वाचित उनी पद त्यागेर एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १०:२२