जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

प्रमुख राजनीतिक दलहरुका उम्मेदवारलाई पराजित गरेर जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र )का गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गरेका हुन् । शाहीले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत पाइन् ।

त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले ६ हजार पाँच सय २८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १०:१६