दोहोरिए माओवादीका विन्दमान विष्ट

कर्णाली प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट प्रदेशसभा सदस्यमा दोहोरिएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट उनी दोस्रो पटक निर्वाचित भएका हुन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य  विष्टले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार पाँच सय ७५ मतान्तरले पराजित गरेका हुन् ।

उनले १३ हजार नौ सय नौ मत पाउँदा गौतमले नौ हजार तीन सय ३४ मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का मोहनसिंह बडुवालले ६ हजार २ ;o १४ मत प्राप्त गरे ।

२०७४ मा पनि विष्ट सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला एमालेको साथ पाएका उनले यसपटक कांग्रेसको सहयोगमा बाजी मारेका हुन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १८:५९