सल्यानमा माओवादीका भीमप्रकाश शर्मा निर्वाचित

सल्यानबाट नेकपा (माओवादी केन्द्र)का नेता भीमप्रकाश शर्मा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १(क) बाट उनी विजयी भएका हुन् ।
शर्माले नेकपा(एमाले)का उम्मेदवार कुलबहादुर गिरीलाई आठ हजार १४ मतान्तरले पराजित गरेका हुन् ।
शर्माले २२ हजार दुई सय ४३ मत प्राप्त गर्दा एमालेका गिरीले १४ हजार दुई सय २५ मत पाए ।
प्रकाशित मितिः ८ मंसिर २०७९, बिहीबार ०९:३३

साझा बिसौनी ।