एमालेका प्रदेश अध्यक्ष शाह बने प्रदेशसभा सदस्य

दैलेखको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले)का कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भएका छन् ।

उनले नेकपा (माओवादी केन्द्र) का योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गरेका हुन् । शाह ९ हजार ४ सय ६४ मतसहित निर्वाचित हुँदा योगेन्द्रले ९ हजार ३ सय ८१ मत पाए ।

यसअघि एमालेमा रहेका योगेन्द्र निर्वाचनमा टिकट नपाएपछि माओवादीमा प्रवेश गरेका थिए ।

निर्वाचित विनोदकुमार शाह दैलेखका पुराना नेता हुन् । उनी यसअघि राज्यमन्त्री समेत भइसकेका छन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार ०९:२९