दैलेखको क्षेत्र नं. २ (क)मा घनश्याम भण्डारी विजयी
दैलेखको निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा(एमाले)का तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
उनले १० हजार आठ सय मत प्राप्त गरेका छन् । रिजालले नौ हजार चार सय ९४ मत पाए ।
लामो समय पत्रकारिता गरेर राजनीतिमा सक्रिय भएका भण्डारीले यसअघि दुल्लू नगरपालिकाको निवर्तमान प्रमुख हुन् ।
प्रकाशित मितिः ८ मंसिर २०७९, बिहीबार ०९:२०
साझा बिसौनी ।