जहाज दुर्घटनामा २३ जनाको मृत्यु

साझा बिसौनी संवाददाता
पोखरा, १२ फागुन । 
म्याग्दीमा जहाज दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर बुधवार म्याग्दीमा दुर्घटना हुँदा जहाजमा सवार सबैको मृत्यु भएको हो । 
म्याग्दीको दाना गाविस—२ स्थित सोलीघोप्टे आसपासबाट आवाज आएको स्थानीयबासीले बताएपछि खोजी गर्न गएको प्रहरीको सानो टोलीले दाना–२ स्थित केगरबुटामा जलिरहेको अवस्थामा प्लेन भेटेको थियो । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ढल्(ब्ज्ज् कल साइनको ट्वीनटर जहाजमा दुई बालबालिकासहित २० यात्रु र तीन जना चालक दलका सदस्य रहेका थिए । 
विमानलाई क्याप्टेन रोशन मानन्धरले उडाएका थिए । को–पाइलट डिकेस नमकुल र परिचारिका रमा रावल थिइन् ।
प्रकाशित मितिः   १३ फाल्गुन २०७२, बिहीबार १०:१९