दुई करोड सङ्कलन

साझा बिसौनी संवाददाता

सुर्खेत, १२ फागुन । 

सिम्ता धार्मिक महोत्सव सम्पन्न भएको छ । सिम्ता बहुमुखी क्याम्पसको समग्र विकास तथा प्राविधिक शिक्षालय सञ्चालन गर्न आर्थिक सङ्कलन गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो ।
धार्मिक महोत्सवमा नगद र जग्गा गरी करिब दुई करोड बराबर आर्थिक सङ्कलन भएको महोत्सव प्रचार–प्रसार समितिका संयोजक टेकेन्द्र बस्नेतले जानकारी दिए । महायज्ञमा राकम–२ का रवि सापकोटाले सबै भन्दा बढी ११ लाख ११ हजार रूपैया“ दान गरेका छन् । यस्तै राकम–५ का ढालबहादुर सिहंले सात लाख २१ हजार २४ रूपैयाँ, बजेडीचौर–६ का रेशम हमालले ६ लाख ६६ हजार ६ सय ६६ रूपैयाँ प्रदान गरेका छन् । महोत्सवमा काप्रेचौर ६ का गणेशप्रसाद उपाध्याय पाँच लाख पाँच हजार पाँच सय ५५, रौता कन्ट्रक्सन प्रालिले एक लाख १६ हजार, राकम–२ का लक्ष्मी रेग्मीले एक लाख १२ हजार एक सय, डाँडाखाली–९ का टेकेन्द्र बस्नेतले ५१ हजार एक सय ५१ रूपैयाँ आर्थिक दान गरेका हुन् । 
अन्तिम दिन बजेडीचौर–६ का चित्रबहादुर हमालले ५१ हजार एक सय ५१, राकम–५ का तुलवीर नेपालीले पनि ५१ हजार एक सय ५१, बजेडीचौर–६ का वीरबहादुर नेपालीले ५१ हजार एक सय र बर्दियाका टोपबहादुर केसीले ५१ हजार एक सय ५१ रूपैयाँ दान गरेका छन् । समापन कार्यक्रममा धार्मिक महोत्सव मूल आयोजक समितिका संयोजक वकिल बस्नेतले सङ्कलन भएको रकम विशुद्ध रूपमा क्याम्पसको भौतिक पूर्वाधारको विकासमा खर्च गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मितिः   १३ फाल्गुन २०७२, बिहीबार १०:२१