राजीवविक्रम शाह प्रदेशसभा सदस्यमा निर्वाचित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जाजरकोटको प्रदेशसभा क्षेत्र (ख) बाट १६ हजार ४० मतसहित उनी निर्वाचित भएका हुन् ।

शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पाँच हजार पाँच सय १० मतान्तरले पराजित गरे । शाहीले १० हजार पाँच सय ३० मत पाएका छन् । शाह यसअघि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन चाहेका थिए । तर सत्तारुढ दलहरुको भागबन्डामा उक्त क्षेत्र माओवादी केन्द्रका शक्ति बस्नेतका लागि छोड्नुपर्ने भएपछि प्रदेशसभा सदस्यका उम्मेद्वार बनेका हुन् ।

२०७४ मा भने उनी माओवादी नेता बस्नेतसँग नै प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । संविधान सभा सदस्य भएर एक पटक संसदको अनुभव बटुलिसकेका शाहलाई मुख्यमन्त्रीको रुपमा समेत चर्चा गरिएको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०७९, बुधबार २२:०२