‘नाँचिदेऊ रामरी’को म्युजिक भिडियो सार्वजनिक

नेपाली झ्याउरे लोक गीत ‘नाँचिदेऊ रामरी…’ बजारमा आएको छ । काँक्रेविहार मुभि हाउस वीरेन्द्रनगर सुर्खेतले आफ्नो युट्यूव च्यानलमार्फत् नमराज शर्माको गीत ‘नाँचिदेऊ रामरी…] सार्वजनिक गरेको हो ।

सञ्चारकर्मी एवम् गीतकार शर्माको शव्द संयोजनमा रहेको गीतमा खड्ग बुढाले लय संकलन गरेका छन् । गायक शिव संगीत र रुपा दर्लामी मगरले गीतमा स्वर दिएका छन् ।

सुर्खेतमै छायाङ्कन गरिएको गीतको भिडियो अकवर खानले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन वरिष्ठ कलाकार कुलमान नेपालीले गरेका छन् ।
म्युजिक भिडियोमा चन्द्र मन्दिर, सृजना गाहालगायत कलाकारहरुले अभिनय र नृत्य गरेका छन् ।