चलचित्र महोत्सव समापन
सुर्खेत: काठमाडौं बाहिर पहिलोपटक सञ्चालित नेपाल युरोपियन युनियन चलचित्र महोत्सव सम्पन्न भएको छ । विभिन्न पाँच युरोपेली र तीन नेपाली फिल्म प्रर्दशन गर्दै चार दिने महोत्सव मंगलबार सम्पन्न भयो । महोत्सव मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले चलचित्र महोत्सवमार्फत युरोपियन युनियनले कला संस्कृतिको आदानप्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे । युरोपियन युनियनले नेपालको समग्र विकासमा पु¥याएको योगदानको चर्चा गर्र्दै उनले कर्णालीको शिक्षा र कला संस्कृतिको विकासमा अझ भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपालस्थित युरोपेली युनियनको डेलिगेसनका पे्रस तथा सूचना अधिकारी अम्बर मैनालीले चलचित्र महोत्सवमा सहकार्य गरेकामा युरोपली युनियनका राजदूतका तर्फबाट विश्वविद्यालय पदाधिकारीलाई धन्यवाद व्यक्त गरे । त्यस्तै चलचित्र निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रकर्मी, विद्यार्थीका लागि चलचित्र निर्माणसम्बन्धी भर्चूअल माध्यमबाट मास्टरक्लास दिएका थिए ।
प्रकाशित मितिः २३ कार्तिक २०७९, बुधबार ०९:२१
साझा बिसौनी ।