कर्णालीको लगातार दोस्रो हार

सुर्खेत: पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ । शनिवार भएको दोस्रो खेलमा विभागीय टोली एपीएफ क्लबसँग पराजित भएको हो ।

टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको छ । एपीएफले दिएको दुई सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर एक बलमा अलआउट हुँदै एक सय ९० रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तिले २४ तथा दिनेश अधिकारीले २० रन बनाए । एपीएफका मौसम ढकालले ४ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले दुई÷दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर दुई बलमा अलआउट हुँदै दुई सय ३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले एक सय ३० रनको शतकीय इनिङ खेले । यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदिप ऐरीले २० रन बनाए । लोकेश बम र दीपक बोहराले १०÷१० रन बनाए । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले तीन÷तीन विकेट लिए । दिवन पुनले दुई विकेट लिए ।

प्रकाशित मितिः   २० कार्तिक २०७९, आईतवार ०५:०२