मेडिकल आपूर्तिकर्ता संगठित

सुर्खेत: रसायन तथा मेडिकल आपूर्तिकर्ताहरू संगठित भएका छन् । सुर्खेतमा रसायन तथा मेडिकल आपूर्ति संघ गठन गरिएको हो । शनिवार पाँच सदस्यीय तदर्थ समिति गठन गरिएको छ । रसायन तथा मेडिकल संघ नेपाल, सुर्खेतको अध्यक्षमा रविन्द्र पौडेल चयन भएका छन् । जसको उपाध्यक्षमा रविन्द्रकुमार थापा, कोषाध्यक्षमा कल्पना विष्ट, सचिवमा महेन्द्रकुमार थापा र सदस्यमा पूर्णबहादुर खड्का रहेका छन् । रसायन तथा मेडिकल आपूर्ति पेसा व्यावसायमा आवद्धहरूको भेलामा केन्द्रीय महासचिव विनोद मानन्धर र केन्द्रिय सदस्य जिय खनालको सहभागिता रहेको थियो । संघको कार्यसमितिलाई वैधानिकता दिएर पूर्णता गर्न यस संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने भेलाले निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रकाशित मितिः   २० कार्तिक २०७९, आईतवार ०५:०१