पीएम कपमा कर्णाली पराजित

सुर्खेत: पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले खराब सुरुवात गरेको छ । बुधवार भएको पहिलो खेलमा गण्डकी प्रदेशसँग ३२ रनले पराजित भएको छ ।

गण्डकीले दिएको दुई सय नौ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै एक सय ७६ रन बनाउन सक्यो । कर्णालीका हिमान्सु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान रविन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए । गण्डकीका सुबाश भण्डारी र चन्द्र पौडेलले ३÷३ विकेट लिए । विपिन खत्रीले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय आठ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए । सुवाश भण्डारी १४ रनमा आउट भए । कर्णालीका अनुज चुनाराले चार विकेट लिए । प्रकाश जैसी र दिनेश अधिकारीले दुई विकेट लिए ।

प्रकाशित मितिः   १७ कार्तिक २०७९, बिहीबार ०५:०२