पीएम कप छनोटको उपाधि सुर्खेतलाई

 

सुर्खेत: कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । आइतवार भएको फाइनलमा सल्यानलाई दुई विकेटले पराजित गर्दै प्रधानमन्त्री कपका लागि आयोजित छनोट प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको हो ।

पहिले ब्योटिङ गरेको सल्यानले एक सय ५८ रन बनाएको थियो । उसका लागि दिवान पुनले सर्वाधिक ४५ रन बनाए । त्यसैगरी दिनेश अधिकारीले ३४ र चन्द्र बिसीले १९ रनको योगदान दिए । सुर्खेतका रविन्द्रजंग शाहीले तीन विकेट लिए भने प्रकाश जैसी र आवास शाहले २÷२ तथा ललित प्याकुरेलले एक विकेट लिए ।

एक सय ५९ रनको लक्ष्य पछ्याएको सुर्खेतले आठ विकेट गुमाएर पूरा ग¥यो । सुर्खेतका लागि रविन्द्रजंग शाहीले सर्वाधिक ४५ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरेका थिए । मनिस थापाले २६, दिनेश रावतले २२ र आवास शाहले १८ रनको योगदान दिएका थिए । सल्यानका चन्द्र बिसीले तीन तथा दिनेश अधिकारी र दिपेन्द्र रावतले दुई÷दुई विकेट लिए । दिवान पुनले एक विकेट लिन सफल भए ।

कार्तिक ३ गतेदेखि सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्येबाट प्रदेशको टिम घोषणा गरिनेछ । उक्त टिमले काठमाडौंमा हुने प्रधानमन्त्री कप प्रतियोगितामा सहभागिता जनाउनेछ । उक्त प्रतियोगिता कार्तिक १३ गतेदेखि सुरु हुनेछ ।

प्रकाशित मितिः   ७ कार्तिक २०७९, सोमबार ०५:०२