एमयूमा क्लिनिकल लिगल एजुकेशन कार्यक्रम

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू) को स्कूल अफ ल ले क्लिनिकल लिगल एजुकेशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कानुन संकाय अन्तर्गत स्नातक दोस्रो वर्षका विद्यार्थीहरूको अनुसन्धानको दायरा फराकिलो बनाउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । संस्थागत सुधारमार्फत न्यायमा पहँुच अभिवृद्धि परियोजनासँगको समन्वयमा क्लिनिकल लिगल एजुकेशन कार्यक्रम अघि बढाइने जनाइएको छ ।

विद्यार्थीले तोकिएको क्षेत्रमा रहेर तीन महिनामा स्थलगत अध्ययन प्रतिवेदन बुझाउनुपर्ने मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ ल का निर्देशक उपेन्द्रबहादुर विकले बताए । उक्त कार्यक्रम अन्तर्गत कानुन संकायका ४५ जना विद्यार्थीले अध्ययनमूलक स्थलगत अनुसन्धान गर्नेछन् । ‘यो अनुसन्धानको उद्देश्य समुदायका कानुनी सवालमा विद्यार्थीलाई पनि साक्षत्कार गराउने र जोड्ने हो,’ निर्देशक विकले भने, ‘यसबाट समुदायमा कानुनी साक्षरता र सहायता प्रदान हुनेमा विश्वास लिइएको छ ।’ खासगरी विद्यार्थीको अनुसन्धानमूलक कार्य भइएकाले थुप्रै कानुनी सवालको उजागरसमेत हुने उनको भनाइ छ ।

विद्यार्थीहरूले यस कार्यक्रम अन्तर्गत छुुवाछुत, जातीय भेदभाव, घरेलु हिंसा, बाल विवाहलगायत विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने छन् । यो अध्ययनले नीतिगत प्रभावकारिताको अवस्था हेर्ने, कानुुन संशोधन गर्नुुपर्ने भएमा सुझाव दिने र नयाँ कानुन निर्माणमा सहयोग पुु¥याउने पनि अपेक्षा लिइएको छ । विद्यार्थीले वीरेन्द्रनगरस्थित झुप्रा खोलामा रहेको वादी समुदायका कानुनी सवालबारे पनि स्थलगत अध्ययन गरी नीतिगत परामर्श गर्नेछन् ।

प्रकाशित मितिः   ७ कार्तिक २०७९, सोमबार ०५:०१