राजमार्गको पहिरो पन्छाउन सकस

कर्णाली राजमार्ग आंशिक मात्रै सञ्चालनमा

सुर्खेत: एकसाताभन्दा बढी समयदेखि अवरुद्ध कर्णाली राजमार्ग अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । दसैँको समयमा १९ असोजदेखि लगातार सात÷आठ दिन वर्षा हुँदा बाढी र पहिरोले कर्णाली राजमार्गसँगै थुप्रै ग्रामीण सडकहरूको बिजोक बनाएको छ । प्राकृतिक विपद्ले क्षति पु¥याउँदा अवरुद्ध भएका धेरैजसो सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । दर्जनौँ ठाउँमा खसेको पहिरो पन्छाउन हम्मेहम्मे भइरहेको हो । कर्णाली राजमार्ग २१ गतेदेखि अवरुद्ध भएको थियो । राजमार्गको दैलेख खण्ड अन्तर्गतको पहिरो हटाएर सोमवारदेखि सवारी साधन सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कालीकोटको मान्मदेखि पिलीसम्मको एक किलोमिटर सडक खुुलेपनि पिलीदेखि नाग्मसम्मको अवरोध कायमै छ । वर्षा रोकिए पनि यो राजमार्ग अन्तर्गतका सडक खण्डमा सुख्खा पहिरो खस्ने गरेको छ । यसले गर्दा सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन चुनौती भइरहेको जनाइएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डमा सडक बढी नै तहसनहस भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरदेखि कालीकोटको मान्म बजारसम्म सडक खुुलेको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माका अनुुसार कालीकोटको सदरमुकाम मान्मदेखि पिलीसम्मको एक किलोमिटर सडकको अवरोध हटाइएको हो । पिलीदेखि नाग्मसम्म मंगलवारदेखि सात वटा डोजर लगाएर पहिरो पन्छाउने गरी तयारी गरिएको छ । ‘यात्रुहरूको सहज आवतजावतका लागि सडक सञ्चालन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘उक्त कामलाई तीव्रता दिन दैनिकजसो प्रशासनले निगरानी गरिरहेको छ । हामीले सडकको अवरोध जतिसक्यो छिटो हटाइने प्रयास गरिरहेका छौँ ।’ उनका अनुसार कालीकोट खण्डमा गएको पहिरो पूर्णरूपमा हटाउन अझै केही दिन लाग्ने छ । उक्त सडकको अवरोध पन्छाएपछि मात्रै जुम्लाका लागि सवारी साधन सञ्चालमा आउनेछन् ।

राजमार्गको जुम्ला खण्डमा पनि थुप्रै ठाउँमा पहिरो खसेको छ । ठूलो पहिरो हटाउने तथा चट्टान फुुटाउने मेसिन ढिलागरी पुुगेकाले पनि समयमै सडकको अवरोध पन्छाउन नसकिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । दुईसाता अघिको लगातारको झरीले राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डको ९३ ठाउँमा पहिरो खसेको थियो । सहायक प्रजिअ रिजालले सुुख्खा पहिरो जानेक्रम नरोकिएकाले पनि सडक खुुलाउन समस्या भइरहेको जनाइन् । कर्णाली राजमार्गको नाग्मदेखि कनका सुुन्दरीसम्मको सडक मर्मत भएपनि सुख्खा पहिलो जाने क्रम नरोकिएको हो । राजमार्गको रारालिही, नाग्म–गमगढी सडकखण्डमा धेरै ठाउँमा पहिरो गएको छ । अवरुद्ध भएका सबै ठाउँमा असोज २६ गतेदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जुम्ला खण्डको बाटो पूर्णरूपमा खुलाउनका लागि अझै तीन–चार दिन समय लाग्ने बताइएको छ ।

जोखिमपूर्ण यात्रा

कर्णाली राजमार्गको धेरै ठाउँमा झन्डै १२ दिनदेखि सडक अवरोध भएपछि यात्रुहरूलाई सास्ती भएको छ । दसैँ मनाएर कर्मथलो फर्कनेहरू जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यतामा छन् । कति पैदल र केही स्थानमा सवारी साधनको प्रयोग गरेर यात्रुहरू गन्तव्यमा गइरहेका हुन् । दैलेख, कालीकोट र जुम्ला सडक खण्डमा यात्रुहरूले हैरानी खेप्नु परेको हो । सुख्खा पहिरो खसिरहेकाले पैदल यात्रा गर्नसमेत निकै जोखिम छ । कर्णाली राजमार्ग बन्द भएपछि कतिपय यात्रुहरू मध्यपहाडी लोकमार्ग भएर ओहोरदोहोर गर्दै आएका छन् । त्यस भेकका सबैका लागि यो सडक पायक भने पर्दैन । वर्षात्ले उक्त सडकमा भने कम क्षति गरेको छ ।

सोमवारदेखि सुर्खेत–मान्मसम्मको सडक सञ्चालनमा आएको नरहरीनाथ गाउँपालिका–३ का स्थानीय पुुष्पराज भट्टराईले जनाए । धेरै दिनपछि यो खण्ड सञ्चालनमा आएको हो । उनका अनुसार सडक जोमिमुक्त भने छैन । उनी सोमवार सुर्खेतबाट सवारी साधनमा मान्मसम्म पुगेका हुन् । भट्टराईले भने, ‘म आज मात्र सदरमुुकाम मान्म पुुगँे । कालीकोटको सेरीघाटमा खसेको चट्टान सोमवार मात्रै नेपाली सेनाले ब्लाष्टमार्फत खुलाएपछि गाडि चल्न थालेका छन् ।’

ग्रामीण सडक झनै अस्तव्यस्त

निरन्तरको वर्षात्ले सुर्खेतको पश्चिम क्षेत्रका अधिकांश ग्रामीण सडक बिग्रिएका छन् । स्थानीयका अनुसार पश्चिमका तीनवटै पालिकाका दर्जनौँ ठाउँमा सडक अवरुद्ध छन् । बराहताल गाउँपालिका, चौकुुने गाउँपालिका र पञ्चपुुरी नगरपालिकाका कच्ची सडक वर्षाले बिगारेको हो । सडक तहसनहस भएपछि सवारीसाधन तथा नागरिकलाई आवतजावतमा समस्या भएको छ । बाढीले पुुल नै फालेपछि खोला तरेर वारपार गर्नुपर्ने बाध्यता छ । केही खण्डमा चलिरहेका सवारी साधन पनि जबरजस्ती आउजाउ गरिरहेका छन् । बिउरेनी खोलामा पुुल नहुुँदा नागरिकलाई निकै सास्ती भइरहेको स्थानीय कमलकुुमार न्यौपानेले जनाए । चौकुुने गाउँपालिका–८ मा पर्ने गुुटुु खोलामा समेत ओहोरदोहोर गर्न समस्या भइरहेको छ । पुुल नहुुँदा नागरिकलाई बिजुुखोला तरेर गन्तव्यमा जान मुस्किल हुने गरेको बताइएको छ ।

त्यस्तै, पञ्चपुुरी नगरपालिकाका ४, ५, ६, ८ र ९ नम्बर वडाका नागरिकलाई कच्ची सडक र खोलामा पुुल नहुुँदा समस्या छ । चौकुुने गाउँपालिकाका वडा नम्बर १, २, ४, ५ र ८ का बासिन्दा पनि यही सडक खण्ड भएर ओहोरदोहोर गर्दछन् । भरपर्दो सडक सञ्जाल नहुँदा यस क्षेत्रका बासिन्दाले हैरानी खेप्दै आएका छन् । यसैगरी, असोज तेस्रो साताको अविरल बेमौसमी वर्षाले दैलेखमा सबैभन्दा बढी सडकहरूमा क्षति भएको छ । उक्त जिल्लासँगै सल्यान र जाजरकोटमा पनि ग्रामीण सडकहरूको बेहाल छ । मर्मत तथा पहिरो पन्छाउने काम भइरहे पनि ती सबै सडक पूर्णरूपमा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   १ कार्तिक २०७९, मंगलवार ०५:०५