सुजुकीको ग्राहक भेटघाट

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ फागुन । 
सुजुकी कम्पनीले आफ्ना ग्राहकहरूसँगको भेटघाट कार्यक्रम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न गरेको छ । चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीले प्रदान गर्ने सेवा सुविधाका बारेमा छलफल गरिएको थियो ।
छलफलमा कार्यकारी निर्देशक चौधरीले सीजी मोटरकोपले ट्याक्सी धनीलाई बढीभन्दा बढी आयआर्जन गर्ने विधि र प्रक्रिया, ग्राहकहरूलाई सजिलो र सस्तो आर्थिक सहायता प्रदान गर्ने सम्बन्धी जानकारी गराएका थिए । उक्त छलफलमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतको पर्यटनका विकासका लागि टेम्पो ट्याक्सी लगायतका साधनहरूको महŒवपूर्ण भूमिका रहेको भन्दै चौधरी ग्रुपले प्रदान गरेको सेवा सुविधाको प्रशंसा गरे । 
त्यसैगरी मध्यपश्चिम जीप तथा टेम्पो ट्याक्सी यातायात व्यवसायी समितिका अध्यक्ष डिल्लीराम पौडेलले सुर्खेतमा ट्याक्सी व्यवसायको प्रबद्र्धनका लागि चौधरी ग्रुपले यहाँका व्यवसायीहरूलाई सहज तथा सस्तो ब्याजदरमा बैंकिंग सुविधा उपलब्ध गराउन आग्रह गरे । यसले व्यवसायीहरू ट्याक्सी व्यवसायीतर्फ आकर्षित हुने उनको भनाइ थियो । त्यस्तै ट्याक्सी खरिदका लागि एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टड बैंक र एनएमबी बैंकसँग सहकार्य भइरहेको संघका अध्यक्ष अधिकारीले जानकारी दिए ।
प्रकाशित मितिः   १४ फाल्गुन २०७२, शुक्रबार ११:०५