अर्धवार्षिक समीक्षा

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ फागुन । 
समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको अर्धवार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठी बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७२÷०७३ को संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनाहरूको समीक्षा गरिएको हो ।
संवाद, सिड्स, सुआहारा, जलस्रोत व्यवस्थापन, गरिबी निवारण, साझेदारी, साथसाथ, संकल्प, पूर्ण सरसफाइ, जीवन उपयोगी सीप तथा दौंतरी परियोजनाको प्रगतिका बारेमा जानकारी गराइएको थियो । कार्यशालामा स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले सहभागीहरूलाई स्वागत तथा सम्पूर्ण परियोजनाहरूको बारेमा जानकारी गराएका थिए । विभिन्न परियोजनाका प्रमुखहरूले परियोजनाको लक्ष्य, उद्देश्य, हालसम्मको उपलब्धि र खर्चको विवरण जानकारी गराएका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष खगेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा कार्यशाला सम्पन्न भएको थियो । कार्यशालामा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीसहितको उपस्थिति रहेको 
थियो ।
प्रकाशित मितिः   १४ फाल्गुन २०७२, शुक्रबार ११:०७