कर्णालीका २४ सीटमा १४४ उम्मेदवार

सुर्खेत : कर्णाली प्रदेशसभा सदस्यका लागि एक सय ४४ जनाको मनोनयन दर्ता भएको छ । प्रत्यक्षतर्फका २४ सीटमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी एक सय ४४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार सबैभन्दा धेरै सुर्खेतमा ३४ जनाको मनोनयन परेको छ । त्यसैगरी दैलेखमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रुकुम पश्चिममा १० जना, जाजरकोटमा ८, हुम्लामा १२, कालीकोटमा १६, जुम्लामा १२, मुगुमा ११, डोल्पामा ७ र सल्यानमा १२ जनाको मनोनयन दर्ता भएको हो ।

प्रकाशित मितिः   २५ आश्विन २०७९, मंगलवार २०:०८