कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

रुकुमपश्चिम :  प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भइ सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमवर मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।

माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो ।

कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो ।

गठबन्धनको भागवण्डा अनुसार रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) मा कांग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो । सोहीअनुसार माओवादीका साथै कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित मितिः   २५ आश्विन २०७९, मंगलवार १७:२८