‘पाँच वर्षे कार्यकाल ब्यर्थ’
सुर्खेत: प्रदेश सभा र प्रतिनिधि सभाका निवर्तमान महिला सांसदहरूले पाँच वर्षे कार्यकाल उपलब्धीमूूलक नभएको बताएका छन् । अधिकांश महिलाहरू समानुपातिकमा सांसद बनेकाले पनि पार्टी र सरकारले उचित भूमिकासमेत नदिएको उनीहरूको गुनासो छ । पहिलो कुुरा महिला त्यसमा पनि समानुुपातिक प्रतिनिधित्व हुुँदा कुुहिरोमा हराएको काग जस्तै बन्नुुप¥र्यो, बिहीवार वीरेन्द्रनगरमा पाँच वर्षे कार्यकालको अनुुभव सुनाउँदै निवर्तमान प्रतिनिधि सभा सांसद पार्वती विशुुन्केले भनिन्, ‘संसद् प्रवेश गर्दा देखेका सम्भावना सपनामै सीमित भए ।’ सीमान्तकृत समुदायका सवालमा सोचेअनुुसार काम गर्ने वातावरण बन्न नसकेको उनी बताउँछिन् । ‘मेरो लागि संसद् विश्वविद्यालय भयो’, उनी भन्छिन्, ‘जुुन क्षेत्रबाट विद्रोह गरेर आएको थिए । यहाँसम्म आइपुुग्दा पनि महिलाको अस्तित्वलाई स्वीकार गरिएको पाइन ।’ नेकपा एमालेबाट सांसद बनेकी दैलेखकी उनले पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादी रोजेकी थिइन् । यो पाँच वर्षे कार्यकालमा सिकाइ मात्रै भएको र सोचेअनुसार काम गर्न नसकिएको बिशुन्केको भनाइ छ ।
त्यस्तै, निवर्तमान कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले पाँच वर्षको अवधिमा बोल्ने कुराको विकासबाहेक थप केही हासिल गर्न नसकिएको बताइन् । महिला समानुुपातिक सांसदलाई हेर्ने दृृष्टिकोणमा परिवर्तन हुुन नसकेको उनको बुझाइ छ । खड्काले भनिन्, ‘महिलाका क्षमतालाई कुुन्ठित पारिन्छ । म प्रदेश सभामा प्रत्यक्षतर्फको उम्मेदवारको आकांक्षी भएता पनि त्यतिबेला पार्टीले विश्वास गरेन ।’ कर्णााली प्रदेश सभाकै अर्की निवर्तमान प्रदेश सभा सदस्य अमृता शाहीले जनताका सपना पूरा गर्ने आफ्नो सपना नै अधुुरै रहेको बताइन् । उनी भन्छिन्, ‘जुुन उत्साह बोकेर म त्यहाँ प्रवेश गरेको थिए । निराश भएर फर्किनुु प¥यो । झ्यालबाट हात परारनेले विकास लिए तर हामी महिला सांसदलाई त्यति अधिकारसमेत भएन ।’ उनले चाहेर पनि जनताको पक्षमा देखिने गरी काम गर्न नसक्दा कार्यकाल ब्यर्थ बितेको भान भइरहेको सुनाइन् । प्रदेश सभाको पहिलो कार्यकालमा समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी शाहीलाई यसपालि भने पार्टीले प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ ।
यस्तै, कैलालीकी प्रतिनिधि सभा सांसद लक्ष्मी चौधरीले पाँच वर्षको अवधिमा बडा मुस्किलले खुुट्टा कमाउँदै शून्य समयमा आफ्ना भनाइ राख्नुबाहेक ठूलो उपलब्धी हासिल गर्न नसकेको अनुभव बताइन् । उनले भनिन्, ‘महिला र त्यसमा पनि चौधरी समुदायबाट समानुुपातिमा सांसद भएकाले संसद्मै थिचोमिचोमा परेको जनाइन् । कानुुन बनाउने ठाउँमा पुुगेपनि आफ्नो समुदाय र क्षेत्र अनुकूलका केही काम गर्न नसकिएको उनको भनाइ छ । चौधरीले पार्टी फेरबदल र सत्ता संघर्षका खेलमा नै आफूहरू रुमलिनु परेको बताइन् । नेकपा एमालेबाट सांसद बनेकी उनी नेकपा हुँदै अहिले नेकपा एकीकृत समाजवादीमा छन् । दाङकी निर्वतमान प्रतिनिधि सभा सांसद विमला नेपाली आफूहरूले अधिकारको लडाइँमा पार्टीभित्र अन्तरसंघर्ष गर्नुपरेको बताइन् । महिला र त्यसमा पनि समानुपातिक सांसदलाई हेर्ने दृष्टिकोण फरक रहेको उनको अनुुभव छ । उनी भन्छिन्, ‘हामी महिला जनजाती र दलितलाई कोटा पुु¥याउनका लागि मात्र पद दिएकोजस्तो भइरहेको छ ।’
प्रकाशित मितिः १४ आश्विन २०७९, शुक्रबार ०७:५६
साझा बिसौनी ।