१९ विद्यालयमा एकै दिन ५५ शिक्षक अनुपस्थित
जिल्ला शिक्षा कार्यालय सुर्खेतले मंगलवार वीरेन्द्रनगरका १९ वटा सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा ति विद्यालयहरुमा ५० जना शिक्षक अनुपस्थित रहेको पाइएको छ ।
कार्यालयले लाटीकोइली स्रोत केन्द्र अन्तर्गतका विद्यालयहरुको अनुगमन गरेको हो । १९ विद्यालयमा एकै दिन ५० जना शिक्षक अनुपस्थित रहेको कार्यालयले जानकारी दिएको छ । अनुपस्थित भएका शिक्षकहरुसँग स्पष्टीकरण रोधेर कारवाही प्रक्रिया अघि बढाईने जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी दिए ।
त्यसैगरी अन्यत्र दरबन्दी भई लाटीकोइलीका विद्यालयमा कार्यरत शिक्षकहरुको संख्या १२ रहेको छ ।
प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार २०:४०
साझा बिसौनी ।