सङ्गठनको जिल्ला परिषद्

सुर्खेत, २९ चैत । 
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतको ३२ औं जिल्ला परिषद् सोमवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । सङ्गठनले जिल्ला परिषद्सँगै ३७ औं शिक्षक दिवस पनि मनाएको छ । उक्त कार्यक्रमको सङ्गठनका केन्द्रीय उपाध्यक्ष खुमलाल शर्माले सोमवार वीरेन्द्रनगरमा उद्घाटन गरेका हुन् ।
परिषद्को उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले शिक्षकहरूको हक र अधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्नुका साथै समग्र शैक्षिक क्षेत्रको विकासका लागि सङ्गठनले महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै थप सशक्त भएर अघि बढ्ने बताए । सङ्गठनका केन्द्रीय महासचिव लक्ष्मण शर्माले नेपालको शैक्षिक आन्दोलनलाई उचाइमा पु¥याउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अग्रणी भूमिका निर्वाह गरेको बताए । 
सोही कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतले स्थापना गरेको सिर्जनशील पुस्तकालयको उद्घाटन समेत गरिएको छ । त्यस्तै सङ्गठनले नै 
सञ्चालनमा ल्याएको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको बुलेटिन र शिक्षक स्मारिकाको विमोचन गरिएको सङ्गठनका अध्यक्ष रामबहादुर शाहीले जानकारी दिए । त्यसैगरी जिल्लाको शैक्षिक विकासमा योगदान पु¥याउने सङ्गठनका अग्रज शिक्षक बाबुराम गौतम, सेवानिवृत्ति शिक्षक नयाँराम वयक, भद्रबहादुर विक, विष्णुप्रसाद खनाल, उत्तम श्रेष्ठ, दुर्गासिंह ठकुरी र रामसिंह ठकुरीलाई अभिनन्दन गरिएको छ । एसएलसी २०७२ मा सामुदायिक विद्यालयबाट जिल्ला प्रथम हुने छात्र प्रदिप भारती र छात्रा तुल्सी शाहलाई पुरस्कृत गरिनुका साथै सक्रिय इलाका सदस्यबाट इलाका नं. ७ का इन्चार्ज डम्वरबहादुर ढकाल पुरस्कृत भएका छन् । दीर्घसेवी शिक्षकहरूकोतर्फबाट रामसिंह ठकुरी, खगेश्वर गौतम र प्रेमबहादुर नेपालीलाई पनि अभिनन्दन गरिएको छ । 
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतका अध्यक्ष रामबहादुर शाहीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपा हमाल, बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य उपेन्द्र विक, जिल्ला अध्यक्ष खगेन्द्र थापा, शिक्षक महासंघ सुर्खेतका अध्यक्ष पद्मप्रसाद गौली, विभिन्न पेशागत शिक्षक सङ्गठनका प्रमुखहरू लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको उद्घाटन गर्नुअघि स्थानीय मंगलगढीचौकबाट ¥याली समेत निकालिएको थियो ।
प्रकाशित मितिः   ३० चैत्र २०७२, मंगलवार ०४:३४