प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

सुर्खेत: कर्णाली प्रदेशसभाको दशौ“ अधिवेशन अन्त्य भएको छ । शुक्रवार राती १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिवालयले जनाएको छ । दशौ“ अधिवेशन अन्त्यसँगै कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल लगभग सकिएको छ । अब प्रदेशसभाको यो कार्यकालका अधिवेशन बस्ने छैनन् । प्रदेशसभाको आगामी कार्यकालका लागि मंसिर ४ मा निर्वाचन हुँदैछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभाको दशौ“ अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुख तिलक परियारले अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले बताए ।

दशौँ अधिवेशनको अवधिसम्म प्रदेशसभाका दुई सय १५ पटक बैठक बसेका छन् । कर्णाली प्रदेशसभाले पहिलो वर्षमै प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर टु“गाएको थियो । यस अवधिमा केही महत्वपूर्ण विधेयकहरू प्रदेशसभाले पारित गरेको छ । प्रदेशसभाको पहिलो कार्यकालमा ५३ वटा कानुन निर्माण गरिएका छन् । अध्यादेशसहित प्रदेशसभामा ८३ वटा विधेयक दर्ता भएका थिए । अध्यादेश, फिर्ता विधेयक र निष्कृय विधेयक लगत कट्टापछि खुद विधेयक संख्या ६४ रहेको थियो । बाँकी ६ वटा विधेयकहरू विषयगत समितिहरूमा छलफलमा रहेका थिए भने चार वटा विधेयक प्रदेशसभामा टेबुल हुन बाँकी र एउटा विधेयक टेबुल भइसकेको थियो । अधिवेशन अन्त्य भएपनि प्रदेशसभा सदस्यहरूको कार्यकाल कहिलेसम्म रहने भन्ने अन्योल कायमै छ । सभामुख राजबहादुर शाहीले सदस्यको कार्यकालबारे प्रष्ट नभएको बताए । अब आगामी प्रदेशसभा सदस्यको निर्वाचन नहुने बेलासम्म प्रदेशसभा सचिवालयले प्रशासनिक कामहरू मात्रै गर्नेछ ।

प्रकाशित मितिः   १ आश्विन २०७९, शनिबार ०५:०४