वातावरण सुधारद्वारा सहकारीसम्बन्धी तालिम

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले आफ्ना फिल्ड कर्मचारीहरूका लागि आयोजना गरेको सहकारी तथा व्यवस्थापनसम्बन्धी तालिम शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । बुधवारदेखि सञ्चालन भएको तालिम चार दिनसम्म दुई चरणमा सञ्चालन भएको थियो ।

संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध करिब ५५ जना फिल्ड कर्मचारीहरूको सहभागिता रहेको तालिममा सहकारीसम्बन्धी पुनर्ताजकी तथा व्यवस्थापनका विषयमा सहजीकरण भएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले वातावरणले लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न वर्गका महिलाहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सुधार गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए । सहकारी र लघुवित्तका सेवा क्रियाकलापहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरी संस्थाको सपना एवम् उद्देश्य साकार पार्न कर्मचारीको पनि भूमिका महŒवपूर्ण हुने उनको भनाइ थियो । संस्थाका १३ वटा शाखामा संलग्न फिल्ड कर्मचारीहरूको मात्र सहभागिता रहेको उक्त तालिम कार्यक्रममा संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यसहित किरण बस्नेत, श्यामलाल न्यौपाने र देवेन्द्रकुमार सेजुवालले सहजीकरण गरेका थिए ।

 

प्रकाशित मितिः   १ आश्विन २०७९, शनिबार ०५:०३