सुन्दर नेपाल संस्थाको २६औँ सधारण सभा

सुर्खेत: सुन्दर नेपाल संस्थाको २६औँ वार्षिक साधारण सभा जिल्ला सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षता एवम् जिल्ला समन्वय समति सुर्खेतका प्रमुख गंगाराम सुनारको प्रमुख आतिथ्यतामा शुक्रवार साधारणसभा सम्पन्न गरिएको हो ।

सभाका संस्थाका सचिव हिरामणी पौड्यालले ‘सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाजविकास, परिवर्तन र न्याय हाम्रो चाहना’ भन्ने मूल नाराका साथ संस्थाले विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए । उनका अनुसार भकारी कार्यक्रम, स्वास्थ्य र विकासको लागि नगर सरसफाई परियोजना, किसानहरूको संस्था सवलीकरण परियोजना, जलवायु परिवर्तन, ऊर्जा तथा वातावरण कार्यक्रम, नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना, स्वास्थ्यको लागि उर्जा, नविकरणीय ऊर्जाको पहुँच लगायतका कार्यक्रम र परियोजना संस्थामार्फत सञ्चालन भइरहेको उनले जनाए ।

त्यसैगरी नवीकरणीय ऊर्जाको माध्यमबाट कृषिमा सुधार, भेरी पूर्व सूचना प्रणाली सहयोग कार्यक्रम, कृषि तथा पसु उद्यमशिलता विकास परीयोजना, अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कारलगायतका परियोजनाहरूमार्फत कर्णाली र सुदुरपश्चिम प्रदेशका ६ वटा जिल्लाका करिब ५८ हजार चार सय २६ लाई लाभान्वित गरेका सचिव पौड्यालको भनाइ थियो ।

संस्थाले गत आर्थिक वर्षमा आठ करोड ५५ लाख ३१ हजार रूपैयाँ बराबरको खर्च गरेको थियो भने आगामी वर्षका लागि दश करोड २८ लाख ९६ हजार रूपैयाँ बराबरको प्रस्तावित आयव्यय समेत प्रस्तुत गरिएको छ ।

प्रकाशित मितिः   १ आश्विन २०७९, शनिबार ०५:०२