सहकारी शिक्षा शिविर सम्पन्न
सुर्खेत: वीरेन्द्रनगरस्थित जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसिमितिको आयोजनामा एक दिने आधारभूत सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । संस्थामा आवद्ध नयाँ शेयर सदस्यहरूलाई सहकारीसम्बन्धी आधारभूत शिक्षा प्रदान गर्र्ने उद्धेश्यले शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष हरिहरनाथ योगीले शिविर आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै संस्थाका शेयर सदस्यहरू सहकारीको आधारभूत विषयहरूमा शिक्षित भएमा मात्र स्वयम् शेयर सदस्य तथा संस्थाहरूको वित्तीय लक्ष्य हासिल हुने बताए । जनहितकारीले दिने सुविधाले नै समुदायमा राम्रो प्रभाव पारेको समेत उनको भनाइ थियो ।
८५ जना नयाँ शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरिएको छ । सहकारी संस्था, शेयर पुँजि, बचत तथा ऋण, सहकारी प्रविधिलगायतका विषयमा बसन्तबहादुर बुढा, प्रेम आचार्य र भोजप्रसाद आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रम संस्थाका प्रबन्धक हिमलाल गौतमको सभापतित्वमा भएको हो ।
प्रकाशित मितिः १ आश्विन २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।