सडक क्षेत्रका संरचना हटाउन सुरु
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले मुख्य बजारको सडक क्षेत्रमा पर्ने संरचनाहरू हटाउन सुरु गरेको छ । नगरले बुधवारदेखि त्यस्ता संरचना हटाउन थालेको हो । बजार क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका भौतिक संरचना र सेवा प्रदायक निकायका अस्तव्यस्त संरचनाले सडक विस्तारको काममा बाधा भइरहेको थियो । सोही अवरोध हटाउन नगरले यसअघि सात दिनभित्र संरचना हटाउन सूचनासमेत जारी गरेको थियो । विद्युत, खानेपानीलगायतका संरचना तथा फुटपाथ व्यवस्थापनमा ढिलाइ हुँदा मुख्य बजार क्षेत्रको सडक स्तरोन्नतिको काम लामो समयदेखि अघि बढ्न सकेको छैन ।
सडक विस्तारमा कठिनाइ भएपछि अवैध संरचना र अन्य अवरोधहरू हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । मंगलगढीचोकदेखि गणेशचोकसम्मका विद्युत, नेपाल टेलिकमका पोल तथा तारहरू र सडक छेउमा रहेका बुटाहरू हटाएको छ । अब भने सडक क्षेत्रको अवरोध हटाइएकाले सडक स्तरोन्नतिको काम अघि बढ्ने बताइएको छ । नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकारभित्र पर्ने नक्सापास अनुमति नलिइ निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने जनाएको छ ।
प्रकाशित मितिः ३० भाद्र २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।