पहिलो हाफमा नेपाल भारतसँग १-० ले पछाडि

चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि अहिले भइरहेको सेमिफाइनलको पहिलो हाफमा नेपालविरुद्ध भारतले १ गोलको अग्रता लिएको छ ।  खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी छन् । पहिलो हाफमा भारत १ गोल गरेको छ भने नेपाल गोलबिहीन हुन पुगेको छ ।