तराई र पहाड छुट्याउन हुन्नः रायमाझी

नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेकाले देशमा असहज परिस्थिति आएको बताएका छन्। दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार गलत बाटो हिडिरहेको बताए।

भने, ‘संविधान संशोधन भन्दा कार्यान्वयन महत्वपूर्ण विषय भएकाले सरकार त्यसतर्फ लाग्नुपर्छ।’ उनले पहिला राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्ने बताए ।

संसदीय दलका उपनेता रायमाझीले भने, ‘तराईको उर्वराभूमि, पहाडको पानी र हाम्रो आनीबानी मिलेकाले तराई र पहाडलाई छुट्याउन हुँदैन ।’ उनले पाँच नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्ने बताए।

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार १७:५४