विद्यालयस्तरीय फुटवलको उपाधी जन माविलाई

एम्नेस्टी इन्टरनेसनल नेपाल, काँक्रेविहार युथ नेटवर्क, सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा संचालित विद्यालयस्तरीय फुटवल प्रतियोगिताको उपाधी जन माध्यमिक विद्यालय, वीरेन्द्रनगरले जितेको छ ।

सुर्खेतको वीरेन्द्रनगर रंगशालामामा आईतबार बिहान भएको फाईनलमा जन माध्यमिक विद्यालयले एसओएस हर्मन माईनर मावि, कालगाउँलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पक्षमा पारेको हो ।

उपाधी सँगै जन माध्यमिक विद्यालयले ट्रफी र पदक सहित नगद १० हजार पुरस्कार पाएको छ भने उपबिजेतामा सिमित एसओएसले ट्रफी र पदक सहित नगद र५ हजार पुरस्कारमा चित्त बुझाएको छ ।

दिगो शान्ति स्थापनाका लागि दण्डहिनता अन्त्य गरौं भन्ने मूल नाराका साथ शुरु भएको विद्यालय स्तरीय फुटवल प्रतियोगिताको समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथि एम्नेस्टी इन्टरनेसनल नेपाल, काक्रेविहार युथ नेटवर्कका संस्थापक संयोजक एवम् मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव देवेन्द्र सेजुवालले शान्ति स्थापनाको लागि खेलकूदको भूमिका महत्वपूर्ण हुने भएको बताउँदै मानवअधिकारको सरंक्षण र प्रवद्र्धन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए ।

सुर्खेत उपत्यकाका विभिन्न ६ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता एम्नेस्टी इन्टरनेसनल नेपाल, काँक्रेविहार युथ नेटवर्कका संयोजक सिर्जना जिसीको अध्यक्षतामा सम्पन्न भएको युथ नेटवर्कका प्रकाशन संयोजक घनश्याम रानाले जानकारी गराए ।

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार १६:२९